समय अनि अस्ट्रेलिया

oxy
nepali in australia

अस्ट्रेलिया आएको ४ बर्षको समय पुग्दै छ..तर यी ४ बर्षले मलाई धेरै सिकाएको छ, देखाएको छ..हो अस्ट्रेलियाले आफ्नाहरुको अस्ली रुप चिनायो , दुखमा पनि साश फेर्दै जाली हॉसो हॉस्न सिकायो तर अन्त्यमा ठुलो कुरा कसैको आड भरोशामा बॉच्न सिकाएन.. जति यहॉको सहरले मेरो लिएको छ त्यति नै दिएको पनि.. होला पैसा कमाउने सकिएन तर जोस ,जॉगर र एक्लै पनि अघि बड्न सक्छु संसारमा जहॉ कहि गएपनि भन्ने अठोट र संघर्ष गर्न सिकायो..तेहि अठोट , संघर्ष र जोस जॉगरको धन मैले मेरो मन र मगज भित्रको फिक्स डिपोजिटमा राखेको छु.. त्यो धन फिक्स डिपोजिट बाट छिटै अवश्य नै निस्कने छ…कुनै किताबले नसिकाएको पाठ र कुनै कामले नदिएको धन मलाई यस ठॉउबाट मिलेको छ…यस अमुल्य पाठ र धनको लागी अस्ट्रेलिया माथी सधै नै आभारी हुनेछु…

आयो समयको कुरा कहिले कहि म central station मा बसेर मानिसहरु नियाल्छु , सब भाग दौडमै मस्त, समयको महत्व बुझेको भनौ या समयले दास बनाएको भनौ.. म मात्रै एउटा नमुना हो कि समयलाई भ्रम सम्झने.. समयको दास भएर कहिले हिडिएन , समयलाई सबै भन्दा ठुलो मित्र मान्छु, संग संगै लिएर हिड्छु… फेरि कहिले समय संग रिस पनि उठ्छ त्यसैले छोडिदिन्छु एक्लै , म जस्तै समय पनि म संग रिसाउछ अनि कहिले मलाई एक्लै छोडिदिन्छ.. कस्तो गजबको चिज छ मेरो साथी समय.. ५ बजे उठाईदिन्छ , १० बजे काममा जवरजस्ती पुर्याईदिन्छ..फेरि बेला बेलामा मेरालागी को ठिक हो र को बेठिक छुट्याईपनि दिन्छ…यति धेरै साथ दिने समय साथी तिमिलाई ढिलै भएपनि मित्रता दिवशको सुभकामना, हिजो तिमी साथ हिड्न सकिन, त्यसैले सुभकामना आज छोड्दैछु.. पहिलेको जिवन यस्तै थियो तर कोरोना आएर फेरी अस्तव्यस्त बनाईदियो..

अहिले समयले आफ्नो तान्डव देखाईरहेको छ म भने रेस्ट मोडमा पुगेको छु.. तर जे जसरी समय परिवर्तन भएपनि मेरो सोचाई परिवर्तन भएको छैन ..म आज थाकेको छु तर हारेको छैन यो समय संग ..निस्किने छन दिमाग भित्रका फिक्स धन एक एक गरि..त्यस बखत साथी समय पनि म संगै हुनेछ मेरो प्रगति हेर्न..जहॉ अस्ट्रेलियाले सिकाएको संघर्षले अनुहारबाट झुठो हॉसोको नकाब उतारेर अस्ली हॉसोले ढपक्कै ढाक्न मद्दत पुर्याउनेछ.. #free soul

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेममा कति शक्ति हुन्छ ?

प्रेममा कति शक्ति हुन्छ ? धेरैजसो मान्छेहरूले भन्ने गर्छन प्रेममा धेरै नै अद्भुत शक्ती हुन्छ यत्ती धेरै कि कसैको प्रेमले संसार नै हल्लाउन सक्छ तर वास्तविक यो छ कि प्रेममा शक्ती नै हुदैन, प्रेमले केवल हामीभित्र भएको शक्तीलाई बाहिर देखाउदछ । हामीलाई नै थाहा हुदैन कि हामीभित्र कति शक्ती छ […]

Subscribe US Now

error

Enjoy this blog? Please spread the word :)

Follow by Email