यस कथाका पात्रहरु सबै काल्पनिक हुन् म मेरो युनिटको बालकोनिमा चिया पिएर बसिरहेको थिय दाइने हातको चुरोट जलिरहेथ्यो बाहिरको बाताबरण हेर्दा पनि अंग नै सिरिङ्ग गर्ने जाडो थियो। हातको चुरोट अनि चिया आफुहरुलाई तताउन प्रतिस्पर्धा गरिरहेका थिए बास्तबमा उनीहरु मलाई तताइरहेका थिए। वरिपरिका रुखहरुका पात खसिसकेका बाहिरको सिरसिर हावाले शिशिर डुलाइरहेको थियो। म फ़ेरि चिया सुरुप्प पारे घुटुक्क निले पछि फेरी अब चुरोटको पालो म चिया चुरोटलाइ पालोपालो साथ दिएर दुबैको अन्त्य गरिदिए ठिङ्ग उभिएका ति रुखहरु संग प्रश्न गर्न मन थियो तर प्रतिभाब व्यक्त गर्ने उनीहरुको असमर्थता म आफैले बुज्दथे । अनि बेहालको पनि हाल बुझ्न मलाइ जरुरि लागेन त्यतिकैमा मेरो फोन बज्यो
“हेल्लो तपाइँ कतिबेला निस्कनु हुन्छ?” त्यो बिहान पहिलो आवाज उसैको सुन्दै थिए। म मौन थिए या भनौ बोल्ने तयारीमा थिए फेरी उतै बाट आवाज आयो ।। “हैन सुन्नु भाको छैन म बोलेको ? हेल्लो मिस्टर । ”
“अँ भनन म भर्खर उठेको के अब एकछिनमा फ्रेश हुन्छु अनि तिमीलाई फोन गर्छु नि है” “ओके” उताबाट उस्तै ठाडो आवाजमा फोन राखिदि आज हाम्रो पहिलो भेट हुँदै थियो भनौ हामि अहिले सम्म भर्चुअल कुराकानीमै रमाई रहेका थियौ । मेरो चाहना थियो हाम्रो पहिलो भेट जिन्दगीकै यादाकार बनोस भनेर अनि म ठाउँ पनि त्यस्तै सोच्दै थिए। म गम्छा,साबुन र कपडाहरु लिएर बाथरुम छिरे छिटोछिटो फ्रेश भएर फेरी उसलाई फोन गरे “अँ भन्नु ”
उसको छोटो प्रश्न संधै यहि हुने गर्दथ्यो अनि आज पनि उसले त्यहि नै दोहोर्याई मैले जिस्किदै “आज कीनहो बिहान बाटै रिसाको जस्तो छ नि आवाज त?” “हैन केहि भाछैन” आफ्नो बारेमा बडो गजब संग जानकारी दिदै भनि मैले फेरी प्रतिप्रश्न गरे “खुब नि?” “ह्या रिस उठि रहेको छैन भानिरछु अनि फेरी रिस उठाउने काम नगर्नु है?” उ झंकिदै भनि “हस” म अल्लि नम्र भएर बोले उ अझै उस्तै गरि बोलिराकी थि मैले प्रश्न गरे “कहाँ भेट्ने हो त हामी?”
उ नाजवाफ भएर भनि “मलाइ के थाहा नि लौ।” “फेडेरेसन इस्कुवायर?” मैले नै ठाउको नाम भनिदिए “छ्या त्यस्तो ठाउमानि भेट्छन?” उसले नराम्रो कुरालाई भन्ने छ्या भानिदीइ मैले हास्दै भने “के छ र त्यहा त्यस्तो?” “ह्या मलाइ मन पर्दैन”
त्यहा उसलाई ठाउँ मन परेन फेरी प्रश्न गरे “कतै क्याफेमा भेट्ने कि?” “म कफी खान्न नि थाहा छैन?” उसले आफ्नो बानीबेहोरा मलाइ पहिल्यै भनि सकेकी थि तर पनि म जिस्किदै थिए “चिया नि?” म अझै जिस्काई रहेको थिए “ह्या तपाइँ मलाइ नाजिस्काउनु त् खालि कफी नखाने मान्छेले चिया खान्छन?” मलाइ अत्ति नै रिसाएको भाव दर्साउदै उसले प्रश्न गरि म केहि बोलिन “उसो भए म फ़्लिण्डर्स आएर फोन गर्छु है त?” मलाइ उसलाई सजिलो हुने ठाउँमा भेट्न मन थियो किनकि उसले मलाइ भेट्न कै लागि दुख नपाओस भनेर। “मेरो ट्रेन रिप्लेस्मेण्ट छ आज कसरि आउने म मलाइ बसमा झ्याउ लाग्छ। ”
त्यो हप्ता क्रेकिबर्न लाइनको रिप्लेस्मेंट थिय। हो र? उसो भए ब्रोड्मिडोज आउछु है त् म? म बोले “ब्रोड्मोडोज आएर कहा जाने?” उ फेरी मै सग सरल तर जटिल उत्तर भएको प्रश्न गरि “म भन्छु कहाँ जाने भनेर” मलाइ अल्लि आँट आए झैँ गरि बोले “ओके” अहिले भने उसले हुन्छ भन्ने आसय दिन खोजि उ राजि भै म नि फुरुङ्ग थिए उस्तै आतिएको पनि थिए किनकि म जिबनमा कोहि केटि संग पहिलो भेट गर्दै थिए। त्यस पश्चात म कपाल कोर्न थाले,उलनको कोठे शर्ट लगाए त्यसमाथि सोयटर अनि जाकेट पनि अहिले सम्म नलगाएको नाइकिको जुत्ता झिके सबै उस्तै मिलाएर चिटिक्क सजीए। मलाई थाहा थिएन पहिलो भेटमा के लिएर जाउँ। लान त एउटा गुलाबको थुङ्गा लगेर दिन मन थियो तर पहिलो भेटमै अत्तिनै हुन्छ भन्ने सोचे अनि घर नजिकैको पसल छिरे दुइ तिन ओटा क्याड्बरि, किट्क्याट लगायतका चकलेटहरु किने अनि गाडि लिएर लागे भ्रोड्मिडोज तिर।
क्रमश
#मेलबर्न २४