कोरोना भाइरस को बेला अस्ट्रेलिया बाट नेपाल जादा पालना गर्नुपर्ने तथा सर्तहरु

oxy 2

क्यानबेरा स्थित नेपाल एम्बेस्सी ले अस्ट्रेलिया मा रहेका र नेपाल जान फर्किनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण टिपाउन सूचना प्रेसित गरेको छ ।

तर नेपाल फर्कन चाहानेले पालना गर्नुपर्ने केहि सर्त हरु पनि रहेको छ । के के हुन् त ति सर्त हरु ? आउनुहोस् हेरौ

१. नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा १४ (चौध) दिनसम्म स्थानीय तहको क्वारेन्टिन वा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टिनमा बस्नु पर्नेछ । तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ ।

२. हवाई उडान खर्च, होटल क्वारेन्टिन खर्च, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्मको यातायात खर्चलगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ । त्यसरी लाग्ने खर्चको विवरण पछि उपलब्ध गराइने छ ।

३. स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नुअगाडि कोभिड-१९ सङ्क्रमण नभएको स्वास्थ्य परिक्षण (पि.सी.आर.) रिपोर्ट दूतावासमा पेश गर्नुका साथै आफ्नो साथमा पनि राख्नु पर्नेछ ।

४. विदेशबाट जाने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ र निजको ज्वरो मापन गरी १००.४ F (एकसय दशमलव चार डिग्री फरेनहाइट) भन्दा बढी ज्वरो आएकालाई सोझै आइसोलेसन कक्षमा र अन्यलाई होल्डिङ सेन्टरमा लगिने छ ।

५. नेपाल भित्रिएका प्रत्येक व्यक्तिले आफ्नो मोबाइलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य एप” डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिको नियमितरूपमा स्वास्थ्य विवरण अध्यावधिक गर्नु पर्नेछ।

६. विमानस्थलमा पुगेपश्चात् प्रत्येक यात्रुलाई काडमाडौं चक्रपथ आसपासमा रहेका होल्डिङ सेन्टरमा लगी आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनस्थलमा ट्रान्स्फर गरिने छ ।

७. नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ ।

एअरलाइन्स र उडान तालिकाको सम्बन्धमा पछि जानकारी गराइने नेपाली राजदूतावासले जनाएको छ ।

नेपाल जाने अनलाइन फारम भर्न यहाँ किलिक गर्नुहोस ।

Facebook Comments

2 thoughts on “कोरोना भाइरस को बेला अस्ट्रेलिया बाट नेपाल जादा पालना गर्नुपर्ने तथा सर्तहरु

Comments are closed.

Next Post

नेपाल जाने टिकट बुक नगर्न नेपाल एम्बेस्सी को आग्रह

नेपाल एम्बेस्सी क्यानबेराले अस्ट्रेलिया मा भएका नेपाली हरुलाई व्यबसायिक उडान कम्पनीहरु बाट नेपाल फर्कने टिकट नलिन आग्रह गरेको छ । केहि व्यबसायिक कम्पनीहरु ले नेपाल को लागि उडान सेवा खुला भनि टिकट बुकिंग खुल्ला गरेता पनि नेपाल मा बहये उडान सुचारु नभएकोले उक्त सेवा को टिकट नलिन आग्रह गरेको हो […]

Subscribe US Now

error

Enjoy this blog? Please spread the word :)

Follow by Email