प्रेममा कति शक्ति हुन्छ ? धेरैजसो मान्छेहरूले भन्ने गर्छन प्रेममा धेरै नै अद्भुत शक्ती हुन्छ यत्ती धेरै कि कसैको प्रेमले संसार नै हल्लाउन सक्छ तर वास्तविक यो छ कि प्रेममा शक्ती नै हुदैन, प्रेमले केवल हामीभित्र भएको शक्तीलाई बाहिर देखाउदछ । हामीलाई नै थाहा हुदैन कि हामीभित्र कति शक्ती छ भनेर तर जब हामी कसैसँग प्रेमको बन्धनमा बाधिन्छौ तब प्रेमले हामीभित्रको शक्ती उपयोग गर्छ । जस्तैः एउटा बिछोडिएको प्रेमी आफ्नो प्रेमीकाको खोजिमा रातदिन भौतारिरहन्छ जस्लाई भोक, प्यास र निद्रा को वास्ता नै हुदैन अर्थात मिलनको आसमा नै बाचिरहेको हुन्छ । अर्थात अरू कुरा पाउनु र गुमाउनु सँगको उसको मतलब हुदैन र उ केवल उसको प्रेमको प्यासमा मात्र भौतारिरहेको हुन्छ । उ हरपल तड्पिएर पनि उसलाई अलिकति पिडाको महसुस पनि हुदैन किनकी उसलाई एउटै कुरा मात्र थाहा हुन्छ कि उसले आफ्नी प्रेमीकालाई खोज्नु छ । उसको बाच्ने आधार नै त्यही भईसकेको छ । उ केवल बाचिरहेको छ भने केवल उसको निम्ती मात्र बाचिरहेको छ, पलपल उ बिना अधुरो महसुस गरिरहेको छ । उसमा भएका हरेक भावनाहरूले उसलाई त्यती धेरै साहस र शक्ती दिईरहेका हुन्छन अर्थात उ भित्र भएको शक्तीलाई उसको प्रेमले उपयोग गरिरहेको हुन्छ । जस्तैः मर्न लागेको मान्छेलाई पनि मर्नुको पिडा देखाउने नै त्यो प्रेम हो किनभने उसलाई आफ्ना आफन्तहरू छोड्ने मन नै लाग्दैन । उ आफ्ना आफन्त बाट सधैका लागी टाढा गईरहेको हुन्छ र बिदा भईरहेको हुन्छ तर उ अझ केही पलहरू आफ्ना आफन्त सँगै बिताउन पाए हुन्थ्यो भन्ने सोचेर रोईरहेको हुन्छ र उसका आफन्तहरू पनि त्यसरी नै रोईरहेका हुन्छन । त्यो नै प्रेमको शक्ती हो अर्थात प्रेमले मान्छेभित्र भएको शक्तीको उपयोग हो ।
प्रेममा कति शक्ति हुन्छ ?

Facebook Comments