सामान्य परिवारदेखि उच्च पदस्थ खानदानी परिवार बाट अष्ट्रेलिया आई आफ्नो र परिवारको जिवनस्थर उकास्न लागीपर्ने हामी जस्ता तमाम नेपाली हरुलाई यस कोरोना भाइरस को असरले विभिन्न खालका समस्यामा पारेको छ । म विगत ४ वर्ष देखि अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएको छु र मेरो अनुभवमा यस्तो असामान्य परिस्थितिमा पनि सामान्य जिवनमा सहजै रमाउन सक्ने नेपालीलाई अझै केही समय पिडादायी अवस्था रहने छ ।
जो अष्ट्रेलियको पिआर / नागारीकता लिई सक्नु भएको नेपाली हरुको भने अवस्था सामान्य रहेको देखिन्छ । सामान्य रूपमा हेर्दा पनी १८ वर्ष देखी २५ वर्ष उमेर समुहको नेपाली विद्यार्थी को जनसंख्या धेरै देखिन्छ अस्ट्रेलियामा र ८० प्रतिशत यो जनसंख्या पर्यटन क्षेत्रमा कार्यरत छन् । विश्व यस कोरोना भाइसको माहामारी संग जुधिरहेको बेलामा अव आउने दिनमा आर्थिक संकटको समस्या धेरै पर देखिदैन । यस्तो विशम परिस्थितिमा पनि अष्ट्रेलियाले आफ्नो नागरीकको लागी एउटा जिम्वेवार राज्यले निभाउनु पर्ने भुमिकामा केही कसर नराखी पुन शिक्षालाई व्यापारको रूपमा अगी बढाउँदै लगेको छ ।
विगत केही समय देखी बन्द रहेको डिल्ली स्थीत अस्ट्रेलियन हाईकमीसन पूर्ण रूपमा सञ्चालनमा आएको छ जसले फेरी एसियन मुलुकबाट आउने विद्यार्यको लागी भिषा वितरणमा तिव्रता दियको छ। नेपालबाट आउने विद्यार्थीको अवस्था हेर्ने हो भने खासै राम्रो देखिदैन यो समयमा । अष्ट्रेलियाको पर्यटन क्षेत्र आर्थिक मन्दीको चरम विन्दुमा छ जसको प्रतक्ष सिकार यस व्यावसायमा संग्लन्न कर्मचारी र मालीक रहेका छन् । अष्ट्रेलियाले नयाँ विद्यार्थ ल्याउन भिषा नीतमा सहजीकरण गरेको छ जसको उपभोग गर्दे अस्ट्रेलिया आउने विद्यार्थी लाई भने यो एक किसिमको जुवा रहेने छ !
वेरोजगार अन्तराष्ट्रीय विद्यार्थी /कामदार को संख्या निकै उच्च रहेको यस समयमा परिवारले आर्थिक भार बोक्नसक्ने स्थितीमा मात्र अगाडी बढ्नु राम्रो होला । साथी भाइको भनाई र आफ्नतको देखाई को सिको गरेर आउने नेपाली विद्यार्थी को धेरै पिडादाई अवस्या देख्दा मनै अमिलो हुन्छ । जीतपनी नयाँ विद्याथीहरू अस्ट्रेलिया आउने सोच र तयारीमा हुनुहुन्छ मेरो विनम्र अनुरोध छ यो आउने उचित समय हैन यदी तपाइको खर्च को लागी यहाँको कमाइको आश गर्नु परदैन भने छुट्टै कुरा रहन्छ अन्यथा अवस्या गारो छ यो समयमा ।