slipknotको टिसर्ट अनि लामो कपाल,Headbang उस्को झन अत्ती बबाल!

oxy
confession-nepsyders
confession-nepsyders

वाह!!! म पनि पास..एस.एल.सी पास गरी भ्याएसी संसारै जितेझै भाको हो मलाई पनि.. कलेजना भर्ना हुनै थियो, कलेजको प्रकिया पुरा गरेर भर्ना पनि भएँ.. ११ कक्षा चलिरहेकै थियो ..त्यो ताका मेटल गीतहरु खुब सुन्दथेँ..कन्सर्टमा पनि पुगेकै हुन्थेँ..रेडियो कान्तिपुरबाट राती आउने extreme show सुन्दै थिएँ.. आउदो शनिवार फन पार्कमा कन्सर्ट रहेछ , त्यहि कार्यक्रम बाट थाह पाएँ..जाने भैईयो २/४ जना साथीहरु मिलेर..शनिवारको दिन लागीयो फन पार्क तिर..पहिलो पंग्तिमा उभिएर हेडब्यांग गर्नुको मजै छुट्टै लाग्थ्यो त्यसैले अगाडिनै गएँ..पालो आयो बिनाशको , देथ मेटल ब्यान्ड बिनाशले मम पसल बजाउदै थियो, सबै जसो moshpit मै रमेका थिएँ अनि म पनि.. संगितले मलाई नसा चडाउथ्यो..मसपिट सकेर अब headbang तिर लागीयो, धेरै कराउदा चिच्याएर घाटि बसिसकेको थियो.. त्यै पनि कराउदै हेडब्यांग गर्दै थिए..ह्ल्लीदा हल्लीदै मैले आफ्नै शरिर थाम्न सकिन र पछाडि हुत्तिए..धन्य त्यो दिन अगाडि गाको भए तारे बारमा बजारिएर टाउको त फुट्थ्यो नै अरु के के हुने थियो होस छैन तर म पछाडि हुत्तीएछु ..

यो पनि पढ्नुहोस्

त्यॉ ३ जना समुहको केटिहरुले समाए मलाई त्यसैले केहि हुन पाएन..बिश्वास गर्नुस metalhead केटि जत्तिको राम्री कोहि हुदैनन्, मलाई त्यो बेला तेस्तै लाग्थ्यो र अहिले पनि केहि हद सम्म लाग्छ..अब मनै त हो ति ३ ओटै राम्री थिए त्यसमा पनि मलाई च्याप्प समाउने झन बिछ्ट्टै राम्री.. सपनी नै होकी जस्तै लाग्छ आज पनि सम्झदा.. जिन्दगानीमा कोही केटिले समाएको पहिलो पटक थियो त्यसैले होला लाजले रातो पिरो भैहालेँ .. धन्यबाद भनेर अगाडि फर्किए, उसले पनि rock on भनेर🤘🏼 \,,/ एस्तो देखाई दिई. म त झन नर्भस भए, तर बोल्न मन लाग्यो नर्भस भएपनि.. एकैछिन त्यै गीतको बारेमा ब्यान्डको बारेमा कुरा भयो.. मलाई भन्दा उस्लाई मेटलको संगीतको धेरै ज्ञान रहेछ.. सुनेर झनै खुसी लाग्यो, उसको कुरा म एकटकले सुनेर मोहित भैरहेको थिएँ .. कुरै कुरामा मलाई उस्ले लठ्याईसकेकी थिई .. फेरी गोजिमा राखेको फोनको भाईब्रेसनले मोहनी नसा बाट ब्युझिए.. अंकलको फोन रहेछ, हजुरआमालाई गारो भएर बीर हस्पिटल ल्याएको रहेछ.. मन निकै चिसो भयो..म सबै कुरा छोडेर sorry!!! Have to go भनेर हिडेँ……. slipknotको टिसर्ट अनि लामो कपाल,Headbang उस्को झन अत्ती बबाल!!सारै याद आउछ घरीघरी ,ओठ माथीको त्यो कालो कोठी!!

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मैले तिरेको पिआरको मूल्य

फर्कदा ‘लुक्स’ तिल चामल भइसकेको थियो। १८ वर्ष छोटो अवधि होइन। जाँदा झोला दुई वटा थिए, फर्कदा एउटा मात्र। जाँदा सपरि`वार बिदा गर्न आएका थिए। फर्कदा बिरानो झै लाग्ने शहरले नचिने झैं गरिरहेको थियो। त्यतिबेला मेरो मनो`दशा दोस्रो विश्व`यु`द्धपछि जर्मन फौजको सिपा`ही मस्कोबाट बर्लिन फर्केको जस्तो थियो। संसार जित्न हिँडेको […]

Subscribe US Now

error

Enjoy this blog? Please spread the word :)

Follow by Email