सन्सारमा सबै कुरा अनित्य छ जो जन्मन्छन उसले जन्मेकै दिनमा मृत्यु बोकेर आएको हुन्छ किनकि कोइ ४ बर्षमा मर्छ कोइ ६० त कोइ १०० बर्षमा तर त्यो मृत्यु त जन्म सङै बोकेर आएको हुन्छ त्यस कारण मृत्यु धुर्वसत्य हो त्यसैले मृत्युमा पीडित हुनुको केही त्रुट हुदैन किनकि आफू पनि एकदिन यो सन्सार छोडेर जानू पर्छ र त्यो भन्दा अगाडि यो सन्सार छोडेर जानू अगि आफुलाइ चिन्ने हो,ज्ञानलाई चिन्ने हो,करुणालाई चिन्ने हो,प्रज्ञालाई चिन्ने हो; जीवन को धैर्यता यही हो जब सारा दुनिया तपाईको लागि बाधा बन्छ त्यही बेला मात्रै तपाई आफ्नो लागि द्वार खोल्न सफल हुनु हुन्छ यो मर्मलाई बुझ्नुस जब सारा दुनियाले तपाईलाई छोडिसकेको हुन्छ सबै चिज जीवन मा खाली भैदिन्छ जसरी एउटा डेरावाला ले डेरा छोडेर जान्छ घर मालिकले त्यस रुमलाई प्रयोग गर्न पाउछ र त्यसरी नै जब हामीलाई माया गर्ने ख्याल गर्ने हेरचाह गर्ने घृणा गर्ने विभिन्न किसिमका मान्छेहरु हावी भैरहेको हुन्छ|
हाम्रो जीवन मा जब तिनी हरु छुटेर जान्छन त्यो बाहिरबाट हेर्दा समस्या देखिए पनि त्यो महा अवसर हो त्यही प्रात्रता हो त्यही हो जीवन मा ज्ञान समेटने मौका र यहि हो जीवनमा भएको नकारात्मक सोच,बिचार र धारणा लाई Transformation गर्ने जब कोइ Deepression मा पुगिसकेको मान्छे यो ज्ञानलाई बुझन सक्छ भने त्यो ब्याक्ती Transformation मा पुग्छ जब सन्सारले धोका दिन्छ जब हामी पीडित हुन्छौ त्यति बेला कित हामी Deepression तिर जान्छौं या त Transformation तिर सौभाग्यवस जस्ले जीवन बुझ्ने कोसिस गर्छ आफुले आफुलाइ चिन्ने कोसिस गर्छ त्यो मानिस Change हुने बाटो तिर लाग्छ त्यो मानिस सकारात्मक मार्गबाट जान्छ र जीवन लाई अदभूत ढंगबाट बिताउन सफल हुन्छ त्यसैले जब दुख पर्छ नआतिनुस धर्य गर्नुस ; जीवनमा सबैभन्दा ठुलो प्राथना भनेको धर्य हो । अत: यो दुनियाका विभिन्न पीडाबाट पीडित बन्धुहरु तपाईहरुको जीवन मा पनि पिडाको बर्षात भैरहेको होलान; यो पिडालाइ बरदानको रुपमा लिनुस किनकी सानो चिज गुम्दै जानु भनेको महान चिजको लागि ठाउँ छोडदै जानू हो जय श्री महाकाल!!!
#Kathmandu #SuzanNiroula